क्यान इन्फोटेकटमा सुनाए चल्ला टिप्‍ने स्यालको कथा

|

काठमाडौं : सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटाले डिजिटल क्षेत्रलाई बैधता दिन सूचना प्रविधि विधेयक ल्याइएको बताएका छन्। 

क्यान इन्फोटक २०२०को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बास्कोटाले डिजिटल क्षेत्रको पारदर्शीता, सुशासन र यसको बैधताका लागि विधेयक ल्याइएको बताए। विधेयक पारित नभए डिजिटल कारोबारले वैधता नपाउनेसमेत उनले बताएका छन्। 

विद्युतीय कारोबार ऐन भन्दा सूचना प्रविधि विधेयक धेरै लचक भएको भएपनि त्यस्तो कुराहरुले कसैले नहेर्ने गरेको आरोप लगाए। विधेयकमा दण्ड जरिवाना बढी भएपनि त्यसलाई अझै मिलाउन सकिने अवस्था भएको उनले उल्लेख गरे। 

'एउटा स्याल चल्ला टिप्ने हुन्छ। उसले चिल आयो चिल आयो भनेर कराउँछ। त्यसपछि मान्छे आकाशतिर हेर्छ', उनले भने, 'स्यालले चल्ला टिप्छ। अभिव्यक्ति स्वतन्त्रता भनेर कराउने तर डिजिटल क्षेत्रमा पारदर्शीता र सुशासन आएको नहेर्ने?’

बास्कोटाले सामाजिक सञ्जालमा कसैलाई निरन्तर गलत नियत राखेर जिस्क्याउनेलाई कारवाही हुने भन्‍ने शब्दको अन्य अर्थ लगाएर व्याख्या भइरहेको बताए। हल्ला गर्नेहरुले निजी क्षेत्रको अराजकतावादलाई प्रोत्साहन गर्न खोजेको बास्कोटाले  उल्लेख गरे। 

'जिस्काए वापत सजाय हुने कुरामा यत्रो हैरानी? हैरानी गर्न पाइन्छ। कस्ता कल्चर हो यो?', उनले सोधे, 'कसलाई हैरानी गर्ने आफ्नालाई हैरानी गरे  त ठीकै छ। अंगालो मारे पनि राम्रै हो। अर्कासित हैरानी गर्ने। राति सुतेको बेला पनि हैरानी गराउन थालियो भने दनक नखाए के खाने?’

शुक्रबारबाट क्यान इन्फोटक मेला २०२० सुरु भएको छ। कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले आयोजना गर्ने सूचनाप्रविधिसम्बन्धि प्रदर्शनीमा १ सय ८५ भन्दा बढी स्टलहरु रहेका छन्। मेला ७ गतेसम्म सञ्चालन हुने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.