|

भारतको सर्वोच्च अदालतमा निर्भया बलात्कार काण्डमा दोषी विनय कुमार शर्माको निवेदनमा शुक्रवार सुनवाईका क्रममा न्यायाधीश भानुमति इजलासमै बेहोस भएकी हुन्। 

त्यसपछि उनलाई तत्कालै च्याम्बरमा लगिएको थियो। न्यायाधीश बेहोस भएपछि सुनवाई स्थगित गरिएको छ। यो केशको आदेश अर्को दिन जारी गरिने भएको छ।

फैसला लेख्नु ठीक अघि न्यायाधीश भानुमति रिंगटा लागेर ढलेकी थिइन्। त्यसपछि यसको बाँकी सुनुवाई सोमवारका लागि सारिएको छ।

बेहोस भएकी भानुमति करिब आधा मिनेटपछि होसमा आएकी थिइन्। न्यायाधीश भानुमतिलाई ज्वरोसँगै रक्तचाप पनि उच्च पाइएको छ। बेहोस भएकी उनको डाक्टरले स्वास्थ्य जाँच गरिसकेका छन्।

यसैबीच भारतीय उच्च अदालतले निर्भया केषका दोषी विनयको खारेज गरिदिएको छ। अदालतले मेडिकल रिपोर्ट अनुसार निर्भयाको बलात्कारमा दोषी विनयको मानसिक अवस्था बिल्कुल ठीक भएको बताउँदै फासी रोक्न विनयको निवेदन खारेज गरिदिएको हो। 

दोषी विनय शर्माले राष्ट्रपति रामनाथ कोविन्दले दया याचिका खारेज गरेपछि सर्वोच्च अदालतमा याचिका दिएका थिए। उनले मानसिक हालत ठीक नभएको जिकिर गरेका थिए।

उनले याचिकामा राष्ट्रपति रामनाथ कोविन्दसामू सबै दस्तावेज नराखिएको जिकिर गरेका थिए। तर सर्वोच्च अदालतले पनि दोषी विनयको यो जिकिरलाई खारेज गरिदिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.