|

काठमाडौं : गोकर्णेश्वर नगरपालिकाले सात दिनभित्रमा जोरपाटी चोकमा रहेको सानो बजार खाली गर्न निर्देशन दिएको छ। जोरपाटी-सुन्दरीजल सडक निर्माणको क्रममा पसलले बाधा पुर्‍याएको भन्दै शुक्रबार नगरपालिकाले सूचना जारी गरी निर्देशन दिएको हो।

‘जोरपाटी–सुन्दरीजल सडक खण्ड अन्तर्गत जोरपाटी चोकमा अवस्थित सानो बजार क्षेत्र खाली गराउनुपर्ने भएकाले विभिन्न मितिमा उक्त ठाउँ खाली गर्नको लागि चारपटकसम्म सूचना जारी भएकाले आजसम्म पनि उक्त टहराहरू खाली नभएको हुँदा सडक विस्तार र बहुउद्देश्य भवनको काम अवरुद्ध भएकाले गो.न.पा वडा ५ को कार्यलयमा मिति २०७६/११/०२ गते बसेको प्रतिनिधिसभाका माननीय सांसद ज्यू,नगरप्रमुख,वडा अध्यक्षहरु र स्थानीय सरोकारवालाको बैठकले अन्तिम पटक उक्त टहराहरू हटाउनको लागि ७ दिने सूचना जारी गरिएको छ’ पत्रमा भनिएको छ। 

२०७६ फागुन ९ गते साँझसम्ममा टहरा खाली नभए संघीय सांसद, नगरप्रमुखलगायतको सहयोगमा फागुन १० गते उक्त टहरा खाली गर्ने पत्रमा उल्लेख छ। व्यपारीले सार्वजनिक जग्गामा अहिले पनि पसल सञ्चालन गर्दे आएका छन।


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.