|

काठमाडौं : प्रणय दिवसका दिन शुक्रबार धेरै युवायुवती आफ्ना प्रेमी जोडीसँग रमाए। कतिपयले आजकै दिन प्रेम प्रस्ताव पनि राखे। तर केही युवाहरुको समूहले भने फरक शैलीमा प्रेम दिवस मनाएको छ।

लियो क्लब अफ काठमाडौं निर्वणामा आवद्ध युवाहरुको समूहले राजधानीको पशुपतिस्थित वृद्धाश्रममा वृद्धवृद्धाको सेवा गरेको हो। लियो क्लब अप काठमाडौंका सदस्यहरुले वृद्धावृद्धाको हेरचाह गरेर माया साटासाट गरेका हुन्। 

लियो क्लव अफ काठमाडौं निर्वणाको आयोजनामा वृद्धवृद्धालाई राखिँदै आएको आश्रममा सरसफाइ पनि गरिएको छ। यसैगरी युवाहरुले वृद्धहरुको दाह्री-कपाल काटेर उनीहरुलाई नुहाइदिएका छन्। 

कार्यक्रमका संयोजक राजन खनालले प्रणय दिवसमा फूल साटासाट गर्ने, डेटिङ जाने, डिस्को र क्याफेमा रमाउनुको सट्टा सामाजिक भावले वृद्धवृद्धाको सेवा गरिएको जानकारी दिए। उनीहरुले यो कार्यक्रमा ८ वर्षदेखि निरन्तर गरिरहेका छन्। 

त्यसक्रममा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानले पनि वृद्धवृद्धाको स्वास्थ्य परीक्षण गरेर साथ दिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.