|

खोटाङ : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले ‘विकास र समृद्धि’ वर्तमान सरकारको मूल एजेण्डा रहेको बताएका छन्। खोटाङको सदरमुकाम दिक्तेलमा आयोजना गरिएको दश दिने प्रथम दिक्तेल महोत्सव उद्घाटन गर्दै मूख्यमन्त्री राईले यस्तो बताएका हुन्।

उनले जनताको एकपछि अर्को आकांक्षा पूरा हुँदै जाने बताए। उनले भने  ‘हाम्रो अर्को उद्देश्य छैन। अबको हाम्रो एक मात्र एजेण्डा विकास र समृद्धिको प्रतिफल जनता माझ पस्किने हो,’ मुख्यामन्त्री राईले भने, ‘एक मात्र विकास र समृद्धिको एजेण्डामा केन्द्रित भएर देशलाई समृद्ध देश बनाउनु छ।'

मुख्यमन्त्री राईले प्रदेश सरकारले प्रदेशभित्रका हरेक पालिका–पालिका र पालिका–सदरमुकाम जोड्ने सडकलाई हिउँद वर्षा सञ्चालन गर्नेगरी स्तरोन्नतीको तयारी गरिरहेको पनि जानकारी दिए। मूख्यमन्त्री राईले ‘प्रत्येक नेपालीको घरमा उज्यालो पुर्‍याउनु छ। स्वच्छ पिउने पानीको पहुँचले जोड्नु छ। सिँचाइको सुविधाले जोड्नु छ, गुणस्तरिय शिक्षा र स्वास्थ्यको पहुँचबाट जोडेर जनतालाई संवृद्धि पस्कनु छ, सुशासन पस्कनु छ।’

मूख्यमन्त्री राईले स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारबाट सञ्चालन भइरहेका बजेटको पारदर्शीताका विषयमा खबरदारी गर्नसमेत आग्रह गरेका छन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.