|

सिन्धुली : नेपाल विद्युत प्रधिकरण वितरण केन्द्र, सिन्धुलीका सहायक प्रबन्धक इञ्जिनियर शेरबहादुर सुनार लिएको आरोपमा पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले पक्राउ गरेको हो।

सुनारले कार्यालय भवनको तला थप गर्ने कार्य सम्पन्नपछि अन्तिम बिल भुक्तानीको क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जानकारी दिए। प्रवक्ता कोइरालाका अनुसार इञ्जिनियर सुनारले उक्त घुस रकम सोही कार्यालयका हलुका सवारी चालक टेकबहादुर खड्कालाई लिन पठाएका थिए।

घुस रकम लिएर खड्का भाग्दै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले पक्राउ गरेको हो। खड्कालाई कमलामाई नगरपालिका–७, गैरी चोकबाट पक्राउ गरिएको आयोगका प्रवक्ता कोइरालाले जानकारी दिए। सुनारलाई कार्यालयबाटै पक्राउ गरिएको कोइरालाले बताए। दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.