|

भद्रपुर (झापा) : गुडिरहेको ट्रयाक्टरबाट लडेर झापामा एक युवकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–२ गच्छीमारीका २० वर्षीय सुनिल मुर्मु रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार बाह्रदशी गाउँपालिकास्थित गच्छीमारीको भित्री सडकखण्डमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे १ त ६८२३ नम्बरको ट्रयाक्टरमा सवार मुर्मु  लडेर गम्भीर घाइते भएका थिए। 

घाइते उनलाई तत्काल उपचारका लागि मेची अस्पताल भद्रपुर लगिएको र चिकित्सकले उनलाई मृत घोषणा गरी दिएको प्रहरीले जनाएको छ। ट्रयाक्टर र ट्रयाक्टर चालक इलाका प्रहरी कार्यालय राजगढले नियन्त्रणमा लिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.