|
फाइल फोटो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार निर्माण भएपछि तराईमा शीतलहर र जाडोको कारणले कसैले ज्यान गुमाउन नपरेको जिकिर गरेका छन्।

संसदमा सम्बोधनको क्रममा प्रधानमन्त्री ओली यस्तो बताएका हुन्। ‘सरकार निर्माण भएको दुई वर्ष पुग्यो। तर, मेरो सरकार आएपछि कसैले पनि चिसोको कारणले ज्यान गुमाउँन परेको छैन’ उनले भने। 

यस्तै, प्रधानमन्त्री ओलीले सडकमानव पनि निर्मूल पार्ने क्रममा रहेको प्रष्टाए। ‘पहिले सडक मान्छेहरु माग्न बसेको देखिन्थ्यो। तर, अहिले सडक मान्छेहरु समेत हामीले हटाएका छौँ’ उनले भने।

नेकपाको सरकार बनेपछि अहिले कसैले पनि मागेर खानुपर्ने अवस्था नरहेको जिकिर गरे। खानाकै लागि काही बालबालिका कुकुरसँग लड्न नपरेको समेत बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.