|

काठमाडौं : चीनमा नेपाली विद्यार्थी र नेपालीहरू सुरक्षित रहेको दाबी गरेका छन्। संसद सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले चीन सरकारले नेपालीलाई सुरक्षित राखेको बताएका छन्। 

पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले ग्रस्त पारेको भए पनि नेपालीहरू सुरक्षित भएको दाबी गरे। यस्तै, चीनमा फैलिएको कोरोना भाइरस नेपालमा नभएको जिकिर गरेका छन्। 

‘कोरोना भाइरस भएको केही हल्ला भए पनि अहिलेसम्म नेपालको कोरोना भाइसर कोही संक्रमित छैनन्’ उनले भने। 

तर, कोरोना भाइरसको कारणले नेपाल सरकारले सञ्चालन गरेको भ्रमण वर्ष २०२० मा गने असर परेको बताएका छन्। ‘कोरोनाको कारणले विदेश पर्यटक आउन सकेको छैनन्, त्यसैले भ्रमण वर्षलाई धक्का पुगेको छ’ उनले भने। 

नेपालमा कोरोना भाइरस नभएकाले कोही नेपालीहरू डराउनुपर्ने अवस्था नरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.