|

जनकपुरधाम : प्रदेश २ का सामाजिक विकास मन्त्री नवल किशोर साहलाई हुलहुज्जत गर्न खोज्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।

राष्ट्रिय जनता पार्टी (राजपा)का रोशन मिश्रा, ईजाज अन्सारी, दिनेश यादव, रोशन साह, अशोक यादव, किरण मिश्रा, शिब यादव लगायतलाई प्रहरीले पक्राउ गरेका हुन् । खोप कार्यक्रममा सहभागी हुन जनकपुरस्थित जानकी हेल्थ केयर (अस्पताल) पुगेका बेला मंत्री साहलाई उनीहरुले हुलहुज्जत गर्न खोजेका थिए ।

अस्पतालको मुख्यगेटमा मन्‍त्री साहविरुद्ध नाराबाजी गर्नुका साथै बाहिर निस्कन अबरोध गरेपछि १० जनालाई पक्राउ गरिएको धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिए । उनले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याएको पनि बताए ।

प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि मंत्री साह अस्पतालबाट बाहिरिएका हुन् । उनलाई प्रहरीले कडा सुरक्षाबीच गन्तव्यमा पुर्याएका छन् ।

मंत्री साहको कार्यशैलीप्रति असन्तुष्ट भएका यूवाहरु कालोमोसो दल्ने योजना बनाएका थिए । स्रोतका अनुसार राजपा धनुषा अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा 'ज्ञानु'ले विहिबार मन्त्री साहलाई भेट्न गएका बेला विवाद भएको थियो ।

विवादपछि नेता झाले जनकपुरको कार्यक्रममा सहभागी भए मंत्री साहलाई कालोमोसो दल्ने चेतावनी सामाजिक संजाल मार्फत दिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.