एमसिसी सभामुखले पेश गर्नेवित्तिकै अनुमोदन

|

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सीमा विवादलाई टुंगोमा पुर्‍याएर सीमा विवाद समाधान गर्ने बताएका छन्। 

सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधनपछि सांसदको प्रश्नको जवाफ मुलुकको सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा कुनै सम्झौता नहुने बताएका जिकिर गरे। 

भारतसँगको विवादमा रहेका नेपाली भूभाग फिर्ता गर्न सरकार लागिरहेको बताए। उनले पश्चिम नेपालका कालिनदीको मुहान, लिम्पियाधुरा र लिपुलेक क्षेत्र तथ्य प्रमाणले नेपालका भूभाग भएको बताए। 

भारतसँगको सीमा विवाद समाधानको बिषयमा सांसदले उठाएको प्रश्नमा जवाफ दिँर्दै प्रधानमन्त्री ओलीले भने, ‘भारतसँग वार्ता गर्ने विषय एकपक्षीय भन्ने कुरा होइन। हामी मुलुकको भूभाग फिर्ता गर्न लागिरहेका छौँ, नक्सा त तुरुन्तै छापिन्छ।’ 

संविधान संशोधनका सम्बन्धमा सोधिएको समयमा र औचित्यका आधारमा संविधान संशोधन हुने तर्क गरे। ‘संविधान मानेर नै हामी सबै यहाँ आएका छौं। संविधान असंशोधनीय होइन। संविधानको संशोधन र स्वीकार्यता फरक फरक कुरा हो’ उनले भने। 

अदालतमा भएका विचाराधीन मुद्दाका सम्बन्धमा स्वतन्त्र न्यायापालिकाले न्याय निरुपण गर्ने भन्दै सरकारले हस्तक्षेप गर्न नसक्दै बताए। 

वैदेशिक लगानी ल्याएर पनि देश विकास गर्ने पक्षमा रहेको बताए। राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्ने प्रतिबद्धता जाहेर गरे। 

यस्तै, सरकार उद्यमीका पक्षमा रहेको र उद्यमीका विरुद्धमा जान नसक्ने भनाइ राखे। सरकारले गोकर्ण रिर्सोटको जग्गा स्वतन्त्र ढंगले मूल्यांकन गरेर नै लिजमा दिएको अवगत गराउँदै उनले अतिक्रमण गरिएका सार्वजनिक जग्गा र अनियमितरूपमा लिज दिइएका जग्गाको छानबिन हुने स्पष्ट पारे। 

सभामुखले  पेश गर्नेबित्तिकै अनुमोदन

सत्तारुढ नेकपाभित्र विवादमा रहेको एमसिसी संसदमा पेश गरेको र सभामुखले निणर्याथ पेश गर्ने वित्तिकै अनुमोदन हुने बताएका छन्। अमेरिकी सहयोगमा अन्तरदेशिय विद्युत सञ्चादन गर्ने काम अघि बढेपछि देशको अर्थतन्त्रमा सुधार आउँने दाबी गरेका छन्।  

अमेरिकी सरकारको ५५ अर्ब र नेपाल सरकारको १४ अर्ब लगानीमा निर्माण हुने आयोजनाले नेपालको आर्थिक वृद्धिदरसँग जोडिएको दाबी गरे।

वैदेशिक रोजगारीमा जाने घटे

प्रधानमन्त्री ओलीले नेपालमा रोजगार पाएपछि वैदेशिक रोजगारमा जानेको संख्यामा कमी आएको बताएका छन्। मुलुकमै रोजगारी सिर्जना भई १९ प्रतिशतले वैदेशिक रोजगारीमा जानेको संख्या घटेको प्रष्टाए। 

गणतन्त्र स्थापनापछिको एक दशकसम ४ प्रतिशत मात्र आर्थिक वृद्धिदर भएकोमा अहिले ६.५ प्रतिशत भन्दा  धेरै भएको र गत साल ७.५ पुगेपछि वैदेशिक रोजगारीमा जानेको संख्यामा पनि कमि आएको बताएका छन्। 

रबी निवारण मात्रै नभएर उन्मूलन नै गर्ने अभियानमा लागेको जिकिर गरे। सबै प्रदेशको आर्थिक वृद्धिदर समान भएको दाबी गरे। आर्थिक वृद्धिदरकै कारणले रोजगारीको वृद्धिदर पनि धेरै हुँदै गएको बताए। पछिल्लो समय पहिलाको बेरोजगार बाँकी भए पनि अहिले बेरोगजार थप नभएको जिकिर गरे।  शिक्षालाई सिप र प्रविधिसँग जोडेर पनि रोजगार वृद्धिमा जोड पुगेको बताए। 

तुइन छिट्टै हट्छ

प्रधानमन्त्री ओलीले तुइन नेपालबाट छिट्टै हट्ने दाबी गरेका छन्। पहिला मुग्लिङको बाटो हिड्दा बाटोभरी माछाको जालो जस्तो तुइ थिए। तर, अहिले त्यहाँ अहिले तुइन हटेको छ। केही बाँकी भएका तुइन पनि छिट्टै हटाउँने जिकिर गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.