|
PHOTO : HUW EVANS PICTURE AGENCY

अमेरिकामा रहेका मुस्लिम शरणार्थीहरुलाई निर्वासित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनमा अदालतले रोक लगाइदिएको छ। यद्यपी यो रोक स्थायी भने होइन।

द अमेरिकन सिभिल लिबर्टिज युनियन (एसीएलयू)ले ट्रम्पको आदेशविरुद्ध अदालतमा रिट दायर गरेको थियो। यसमाथि अदालतमा पहिलो चरणको सुनुवाईपछि ट्रम्पको आदेशका कारण समातिएका मुस्लिम शरणार्थीहरुलाई निर्वासित गर्न नमिल्ने भएको बीबीसीले उल्लेख गरेको छ।

मानव अधिकारवादीहरुको अनुमान छ कि यसक्रममा विमानस्थललगायतका क्षेत्रबाट १ सयदेखि २ सय जनालाई नियन्त्रणमा लिइएको छ।

इमिग्रेन्ट्स राइट्स प्रोजेक्टका डेपुटी लिगल डाइरेक्टर ली गेलेर्न्टले अदालतमा मानवअधिकारवादीहरुको पक्षबाट वकालत गरेका थिए। फैसलापछि भीडले अदालत बाहिर उनको भव्य स्वागत गरेको थियो।

त्यसक्रममा त्यहाँ उपस्थित समर्थकहरुलाई सम्बोधन गर्दै उनले भने, 'सम्मानित अदालतले सरकारले जे गरिरहेको छ त्यो हेर्‍यो र हामीले जे चाहेका थियौँ त्यो दियो। हामी ट्रम्पको आदेशमा यस्ता मानिसहरुलाई नियन्त्रणमा लिने क्रम रोकियोस् भन्ने चाहन्थ्यौँ त्यो सफल भएको छ।'

अदालतले ट्रम्पको निर्देशनपछि हिरासतमा लिइएका सम्पूर्ण व्यक्तिको सूची उपलब्ध गराउन सरकारलाई आदेश पनि दिएको छ। यसमाथि आगामी सुनुवाई  फेब्रुअरीको अन्त्यमा हुनेछ। कम्तिमा त्यतिबेलासम्म ट्रम्पको आदेश कार्यान्वयनमा आउन पाउने छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.