|

सोलुखुम्बु : अज्ञात व्यक्तिको कुटाइबाट घरेलु तथा सना उद्योग विकास कार्यालय सोलुखुम्बुका एक कर्मचारी घाइते भएका छन्। सोलुदूधकुण्ड नगरपालिका-११ तिङ्ला घर भएका ३९ वर्षीय टेकबहादुर बस्नेत कार्यालयबाट घर फर्कने क्रममा कुटिएको सोलुखुम्बु प्रहरीले जनाएको छ।

शुक्रकार दिउँसो सवा ३ बजेको समयमा सोलुदूधकुण्ड नगरपालिका ६ दोर्पु नजिकै सडकमा एक्कासी रड प्रहार भएको पीडित बस्नेतले बताए। 'म सडकमा हिँड्दै थिएँ, एकजना कालो ट्याकसुट लगाएको अन्दाजी २५ वर्षको जसतो देखिने मुखमा कालो पट्टी बाधेको युवक भेटेँ” बस्नेतले भने, 'कता हिँडेको भनेर सोध्यो, घर हिँडेको भनेँ, घर सोध्यो तिङ्ला भनेँ, कता जानुहुन्छ भनेर मैले सोध्दा, जोरबौधसम्म जाने भन्यो, केही पर पुग्यौँ, मलाई एक हजार पैसा माग्यो, छैन म त बिरामी भएर भर्खर उपचार गरेर आको भन्नेबित्तिकै रडले टाउँकोमा हान्यो, म ढले उ कता गयो थाहा भएन।'

 रड प्रहार बाट टाउँमा  गहिरो चोट लागेको बताईएको छ। बेहोस बेनका बस्नेत जिल्ला अस्पताल फाप्लुमा उचार गरि घर फर्केका छन्। उनको टाउँमा ७ टाँका लगाइएको छ। शुक्रबार नै घटनाको विषयमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा उजुरीसमेत दिएको बस्नेतले बताए। घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस्तै, सोही दिन साँझ सोलुदूधकुण्ड नगरपालिका-६ भित्ताखर्कका खेमराज खड्कामाथि पनि रड प्रहारको प्रयास भएको बताइएको छ। विवाहमा आउने पाहुना लिन घर नजिकै गएका २७ वर्षीयका खड्कालाई पनि पैसा माग्दा नदिएपछि रड झिकेर हान्न खोजेको बताइएको छ। घटनामा संलग्नलाई खोजी गर्ने काम भइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ। सदरमुकामनजिकै यस्ता क्रियाकलाप भएपछि स्थानीय त्रसित बनेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.