|

बिग बोसको  १३औं  संस्करणको उपाधि भारतीय  अभिनेता सिद्धार्थ शुक्लाले जितेका छन्। 

करिब साढे ४ महिनासम्म चलेको यस चर्चित र विवादास्पद रियालिटी शोको उपाधि शुक्लाले जितेको हुन्। विजेता उनले उनले ५० लाख नगद र एक कार जिते।  फाइनलमा ६ प्रतियोगी पुगेका थिए। जसमा शुक्लासहित आसिम रियाज, शहनाज गिल, रश्मी देसाई, आरती सिंह र पारस छाबडा थिए। गत सेप्टेम्बरमा सुरु भएको बिगबोसको ग्रान्ड फिनाले शनिबार भएको हो। 

सबैभन्दा पारस छाबडा बाहिरिएका थिए। उनले १० लाख पुरस्कार लिए। त्यसपछि जनताको भोटकाआधारमा आरती सिंह, रश्मी देसाई, शहनाज गिल उपाधिको दौडबाट बाहिरिएका थिए। अन्तिममा सिद्धार्थ शुक्ला र आसिम रियाजबीच प्रतिस्पर्धा भएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.