|

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले नर्विच सिटीलाई १–० हराउँदै अपराजित यात्रा कायम राखेको छ।  

गएराति भएको खेलमा लिभरपुलले नर्विच सिटीलाई पराजित गरेको हो। लिभरपुलका लागि साडियो मानोले खेलको ७८ औँ मिनेटमा निर्णायक गोल गरेका थिए।
घाईते भएपछि यसअघिका दुई खेल खेल्न नसकेका माने ६० औं मिनेटमा एलेक्स आक्स्लेड च्याम्बरलिनको स्थानमा मैदान प्रवेश गरेका थिए।

अहिलेसम्मका खेलमा अपराजित रहेको लिभरपुल जारी लिगको शीर्ष स्थानमा छ। पराजित नर्विच भने सिटी अन्तिम स्थानमा छ। लिभरपुलले शीर्ष स्थानमा २५ अंकको अग्रता बनाउँदै ७६ अंक जोडेको छ भने दोस्रो स्थानको म्यान्चेष्टर सिटीको ५१ अंक छ। 

लिग अन्तर्गत गएराति नै भएको अर्को खेलमा बर्नलीले साउथ ह्याम्प्टनलाई २१ गोलले पराजित गरेको छ। बर्नलीका लागि खेलको दोस्रो मिनेटमै आश्ले वेस्टउडले गोल गरेका थिए भने साउथ ह्याम्प्टनका लागि १८ औँ मिनेटमा डेनी इंग्सले बराबरी गोल फर्काए। खेलको ६० औँ मिनेटमा माटेज बेद्राले गोल गर्दै बर्नलीको जित सुनिश्चित गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.