|

इलाम : नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक जोहान कालिनले फिफा विश्वकप कतार २०२२ तथा एएफसी एसियन कप चीन २०२३ छनोटका लागी ३१ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका छन्।

शहीद स्मारक लिग सम्पन्न भएकै दिन लिगको प्रर्दशनका आधारमा कालिनले पुराना र नयाँ अनुहार समेट्दै टोली घोषणा गरेका हुन्। लिगका उदयीमान खेलाडी एनआरटीका दर्शन गुरुङसँगै एरिक बिष्ट, दिलेन लोक्तामले पहिलो पटक सिनियर राष्ट्रिय टोलीको छनौटमा स्थान बनाए। 

आर्मीका जर्जप्रिन्स कार्की र भरत खवासले टोलीमा कमव्याक गर्दा एन्फाबाट निलम्बनमा परेका ४ खेलाडीमध्ये अञ्जन बिष्टले मात्र स्थान बनाउन सफल रहे। बिमल घर्ती मगर, दिनेश राजवंशी र सन्तोष तामाङलाई टोलीमा राखिएको छैन। विदेशी लिगमा व्यस्त रहेका कारण रोहित चन्द, किरण चेम्जोङ र अभिषेक रिजाललाई पनि प्रारम्भिक सुचीमा समावेश गरिएको छैन।

अबे अन्तर्गतका खेल खेलिसकेको नेपालले चैत्र १३ मा चाइनिज ताइपेइ तथा चैत्र १८ मा अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। दुवै खेल दशरथ रंगशालामा हुनेछ। नेपालले विश्वकप छनोटको सुरुवाती ५ खेलमा १ जितका साथ ३ अंकसहित चौथो स्थानमा छ।

३१ सदस्यीय प्रारम्भिक टोली
गोलरक्षक : विकेश कुथु, विशाल श्रेष्ठ, एलेन न्यौपाने
डिफेन्डर : रञ्जित धिमाल, सुमन अर्याल, अमित तामाङ, सरोज दाहाल, अजित भण्डारी, छिरिङ गुरुङ, विकाश खवास, अनन्त तामाङ, देवेन्द्र तामाङ, दिलेन लोक्तन
मिडफिल्डर : विशाल राई ‘बी’, सेसेहाङ आङदेम्बे, तेज तामाङ, बिक्रम लामा, सुवास गुरुङ, मिक्छेन तामाङ, पुजन उपरकोटी, एरिक विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, सुनिल बल, अञ्जन विष्ट
फरवार्ड : जर्ज प्रिन्स कार्की, दर्शन गुरुङ, भरत खवास, नवयुग श्रेष्ठ, आशिष लामा र विमल राना

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.