|

काठमाडौं : गायक कौशल राज खड्काले आफ्नो नयाँ म्युजिक भिडियो ‘मेरी पूजा’ सार्वजनिक गरेका छन्।

प्रेम दिवसको अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा स्वर र संगीत गायक कौशल राज खड्काको रहेको छ। गीतका शब्द बिशाल मल्लले लेखेका हुन् भने मनोज चौलागाईले संगीत संयोजन गरेका हुन्।

हास्यरस र रोमान्टिक तरिकाले प्रस्तुत गरिएको म्युजिक भिडियोलाई सुबल दंगालले खिचेका हुन भने सियोन नेवारले कोरियोग्राफी गरेका हुन्।

भिडियोमा हिमांशु कार्की (मिस्टर हिम्ज़), आशिका श्रेष्ठ र नेहा लिम्बूको मुख्य भूमिका रहेको छ। प्रलभ ढुंगाना, आश्मा गिरी र कौशल राज खड्काको लगानीमा निर्माण भएको भिडियोलाई नायिका आश्मा गिरीले निर्देशन गरेकी हुन्।

नेफोली क्रियशनको अफ़िसिएल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.