|
फाइल तस्बिर

जाजरकोट : पार्टी फुटाउने र जनतालाई भ्रममा पार्नेलाई पार्टीभित्र कुनै स्थान नरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले बताएका छन्।

कर्णाली प्रदेश प्रेस संगठन नेपालले रुकुम पश्चिम चौरजहारीमा गरेको भेला तथा सपथग्रहमा सम्वोधन गदै शर्माले यस्तो बताएका हुन्।

पार्टीका राम्रा कामको प्रचार र गलत कुराको आलोचना गर्न पाउनु जनताको अधिकार भएको बताए। 'जनताको आलोचना नै हाम्रो ऊर्जा हो' शर्माले भने।

उनले सरकार दलाल र माफियाको जालो घेराबन्दीमा परेको बताए। छिटो त्यो जालो तोड्न प्रधानमन्त्रीलाई उनले आग्रहसमेत गरे।

कर्णाली आवाज केन्द्रले कम सुन्छ, त्यसैले कर्णालीमा राज्यले लगानी बढाउनु पर्नेमा उनको बताए। 'दुई वर्षदेखि रुकुम पश्चिममा संघीय सरकारको बजेट रोकिएको छ' उनले भने।

 कर्णालीको विकास, लगानी कम भएको छ। राज्यले कर्णालीलाई हेला गरेको समेत उनको दावी छ। कर्णालीको विकासका लागि पत्रकारितामार्फत आवाज बुलन्द बनाउन पत्रकारलाई आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.