|

सर्लाही : सर्लाहीको लालबन्दीमा सम्पन्न फस्ट लालबन्दी अल नेपाल फूल कन्ट्याक्ट कराँते ओपन च्याम्पियनशीप २०७६ मा प्रदेश-२ प्रथम भएको छ।

१३ स्वर्ण पदकमध्ये सबैभन्दा बढी आठ पदक प्रदेश-२ का खेलाडीले प्राप्त गरेका छन्। प्रदेश-२ का आठमध्ये सर्लाहीकै सातजना खेलाडीले स्वर्ण पदक हात पारेको आयोजक नेपाल क्युकोसिन कान कराँते संघ सर्लाहीका सचिव आशिशबाबु दाहालले जानकारी दिए।

त्यस्तै, बागमती प्रदेशका तीन खेलाडी, गण्डकी प्रदेशका दुई खेलाडीले स्वर्ण पदक हात पारेका छन्। प्रदेश-१, प्रदेश-५, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडीले भने रजत र कास्य पदकमै चित्त बुझाए।

प्रतियोगिताको उत्कृष्ट पुरुष खेलाडी बागमती डोजोका सागर राई तथा काठमाडौं डोजोकी युनिका शेरचनले उत्कृष्ट महिला खेलाडीको उपाधी हात पारे। सर्लाही जिल्ला डोजो टिम च्याम्पियन भएको आयोजक संस्थाका कोषाध्यक्ष शशी देवकोटाले जानकारी दिए।

देवकोटाका अनुसार प्रतियोगितामा प्रदेश-१ बाट २३, प्रदेश-२ बाट १२०, बागमती प्रदेशबाट २३, गण्डकी प्रदेशबाट ९, प्रदेश-५ बाट ३०, कर्णाली प्रदेशबाट २५ र सुदूरपश्चिम प्रदेशबाट १५ जना खेडाडी सहभागि भएका थिए।

लालबन्दी नगरपालिका-७, स्थित तरकारी बजारमा च्याम्पियनशीप आयोजना गरिएको हो। प्रतियोगितामा पुरुषतर्फ ३५ केजी मुनी समूह, ३५–३९, ४०–४४, ४५–४९, ५०–५४, ५५–५९, ६०–६५ केजी तथा खुल्ला गरी आठ तथा महिलातर्फ ४० केजी मुनी ४०–४४, ४५–४९, ५०–५४, ५५–५९ केजी त्योभन्दा माथि एवं खुल्ला समूह गरी छ विधामा प्रतिस्पर्धा भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.