|
फाइल तस्बिर

तनहुँ : शुक्रबार राति होटल व्यवसायीमाथि होटलमै आक्रमण भएको छ। घाइते हुनेमा बन्दीपुर गाउँपालिका-४ का लालकाजी गुरुङ रहेका छन्। २ गते राति आफ्नै होटलमा बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले व्यवसायी गुरुङमाथि रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

अज्ञात व्यक्तिको आक्रमणबाट गम्भीर घाइते भएका व्यवसायीको पोखरास्थित मनिपाल शिक्षण अस्पतालपश्चात् थप उपचारको लागि काठमाडौं लगिएका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए। उनका अनुसार आक्रमण गर्ने अज्ञात व्यक्तिको खोजी कार्य जारी रहेको छ।

रडले होटलमा काम गरिरहेको अवस्थामा मोटरसाइकलधारी अज्ञात युवाले आक्रमण गर्दा व्यवसायी गुरुङको टाउकोमा गम्भिर चोट लागेको र अचेत अवस्थामा रहेको क्षेत्रीय होटल व्यवसायीहरुको भनाई छ। आक्रमणको क्रममा गुरुङको श्रीमती समेतको हात भाचिएको होटल व्यवसायीले जनाएका छन्।

आफ्नै होटलमा आक्रमण गरेर भाग्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गर्दै क्षेत्रीय होटल संघ तनहुँले विज्ञप्ति जारी गरेको छ। संघका महासचिव चन्द्र कुमार कायस्थद्वारा जारी विज्ञप्तिमा व्यवसायीलाई निर्धक्क र स्वतन्त्रता पूर्वक व्यवसाय गर्ने वातावरण तयार पार्न प्रशासनको ध्यानाकर्षण समेत गराएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.