|

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस चार दिने भ्रमणका लागि पाकिस्तान आएका छन्। 

महासचिव गुटेर्रेसले आइतबार पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेको अधिकारीहरूले जानकारी दिएका छन्।

महासचिवमा निर्वाचित भएपछि उनको पाकिस्तान भ्रमण पहिलो पटक भएको हो। भ्रमणका क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खान र विदेशमन्त्री मोहमद कुरेशीलाई पनि भेट्नेछन् । 

भेटका क्रममा उनीहरूका बीचमा मुख्य गरेर जलवायु परिवर्तनको बारेमा छलफल हुने बताइएको छ। उनीहरूको भेटवार्ता आइतबार नै हुने तालिका छ। 

राष्ट्रसंघीय प्रमुख गुटेर्रेसले सोमबार अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नु हुनेछ। अफगान शरणार्थीका बारेमा पाकिस्तान सरकार र राष्ट्रसंघीय शरणार्थी उच्चायोगको कार्यालय (युएनएचसिआर) ले संयुक्त रुपमा आयोजना गरेको ४० औँ वार्षिक कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन्। सम्मेलनमा पाकिस्तानी राष्ट्रपति अरिफ अल्भी पनि सहभागी हुनेछन्। सम्मेलन दुई दिनसम्म चल्नेछ। 

महासचिव गुटेर्रेसले स्थानीय विद्यार्थीलाई भेट्ने गरी पाकिस्तानको अर्को ठूलो सहर लाहोरको पनि भ्रमण गर्ने भएका छन्। 

उनी यही फेब्रुअरी १९ तारिखमा राष्ट्रसंघीय मुख्यालय न्युयोर्क फर्किने छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.