|

चीनमा कोरोना भनिने 'कोभिड नाईन्टिन' को संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै १८ सय पुगेको छ।

त्यहाँको स्वास्थ्य आयोगले आज बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार हालसम्म १७ सय ७० जनाको मृत्यु भएको छ। हिजो मात्रै १०५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन्। जसमध्ये १०० जनाको हुबेई प्रान्तमा मृत्यु भएको हो।

हिजो देशभर २ हजार ४८ जना नयाँ संक्रमित फेला परेका छन्। हुबेई प्रान्तको वुहानलगायतका सहरमा १९ सय ३३ जना नयाँ संक्रमित भेटिएका हुन्। योसँगै 'कोभिड नाईन्टन'का संक्रमितको संख्या ७० हजार ५ सय ४८ पुगेको छ।

हिजोदेखि हुबेई प्रान्तको कुनै पनि क्षेत्रमा घरबाहिर निस्किन र हिँडडुल गर्न पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ। यसैबीच जापानमा क्वारेन्टाईनमा राखिएको डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट उद्धार गरिएका ४० जना अमेरिकीमा 'कोभिड नाइन्टिन'को संक्रमण देखिएको अधिकारीहरुले बताएका छन्।

उनीहरु जापानमा उद्धार गरिएका ४०० अमेरिकी नागरिकमध्येका हुन्। उद्धार गरिएकामध्ये अधिकांश व्यक्तिहरु दुईवटा अमेरिकी हवाईजहाजमार्फत स्वदेश फर्किरहेका छन्। तर संक्रमित व्यक्तिहरूलाई उपचारका लागि जापानकै अस्पतालहरूमा भर्ना गरिनेछ।

झन्डै ३ हजार ७ सय यात्री तथा चालक दलका सदस्यसहित डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजलाई फेब्रुअरी ३ तारिखदेखि जापानको योकोहामा बन्दरगाहमा क्वारेन्टाईनमा राखिएको छ। उक्त पानीजहाजबाट हङ्कङमा ओर्लेका एक व्यक्ति संक्रमित भएको पाइएपछि पानीजहाजलाई क्वारेन्टाईनमा राखिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.