स्पेनिस ला लिगा फुटबलमा लिग लिडर रियल मड्रिड सेल्टा भिगोसँग बराबरीमा रोकिएको छ। गएराति भएको खेलमा मड्रिड सेल्टासँग २-२ गोलको बराबरीमा रोकिएको हो।
खेलको ७ औं मिनेटमा सेल्टाका लागि फेडोर स्मोलोभले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए। उनको गोलसँगै सेल्टा पहिलो हाफमा १ गोलले अगाडि रह्यो।
दोस्रो हाफको ५२ औँ मिनेटमा टोनी क्रुसले गोल गर्दै रियललाई बराबरीको अवस्थामा ल्याए। बेन्जेमाले मार्सेलोलाई दिएको पास क्रुसले लिएर गोल गरे। खेलको ६५ औं मिनेटमा रियलले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै अर्को गोल थप्यो।
सर्जियो रामोसको गोलमा खेलको ६५ औं मिनेटमा मड्रिड २-१ गोलले अगाडि रह्यो। तर, ८५ औं मिनेटमा सान्टी मिनाले गोल गर्दै सेल्टालाई बराबरीमा ल्याए। त्यसपछि रियलले पाएको अवसर पनि सदुपयोग गर्न नसक्दा बराबरीमा रोकिँदै अंक बाँड्नुपर्यो।
योसँगै ५३ अंकसहित रियल शिर्ष स्थानमा छ। दोस्रो स्थानको बार्सिलोनाको ५२ अंक छ। त्यस्तै तेस्रो स्थानको गेटाफेको ४२ तथा चौथो स्थानको एथ्लेटिको मड्रिडको ४० अंक छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।