|

चीनको उहान प्रान्तबाट फैलिएको नोबेल कोरोना भनिने कोभिड नाईन्टिन भाइरसबाट चिनियाँपछि अमेरिकी नागरिकहरु सबैभन्दा बढी संक्रमित भएका छन्। 

अहिलेसम्म चीनमा कोभिड नाईन्टनका संक्रमितको संख्या ७० हजार ५ सय ४८ पुगेको छ। भाइरसको उद्गमस्थल चीनभन्दा बाहिर ४० जना अमेरिकी नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ। 

डाइमन्ड प्रिन्सेस क्रुज पानीजहाजबाट उद्धार गरिएका संयुक्त राज्य अमेरिकाका ४० जना नागरिकमा नयाँ कोरोनाभाइरसको संक्रमण देखिएको अमेरिकी अधिकारीलाई हवाला दिँदै बीबीसीले खबर सार्वजनिक गरेको छ। ती अमेरिकी नागरिकहरुलाई जापानको क्वारेन्टाइनमा राखिएको छ। 

अमेरिकाले जापानमा रहेका आफ्ना ४०० नागरिकलाई उद्दार गरेको थियो। उद्दार गरिएकाहरु अहिले दुईवटा अमेरिकी हवाइजहाजमार्फत अमेरिका फर्किरहेको खबरहरुमा उल्लेख छ। 

कोरोना संक्रमणमा परेका अमेरिकी नागरिकहरुलाई भने यतिखेर जापानकै क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाइ जापानकै अस्पतालहरुमा भर्ना गरिने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.