|

काठमाडौं : काठमाडौं महानगरपालिकाले स्मार्ट पार्किङबाट चार महिनामा २४ लाख ६१ हजार दुई सय रुपैयाँ संकलन गरेको छ। साउन,भदौं, असोज र कात्तिक गरेर चार महिनाको किस्ता संकलन गरेको काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख नुरनीधि न्यौपानेले बताए। पहिलो किस्ताबापत राजस्व संकलन गरेको उनले जानकारी दिए। 

उनका अनुसार स्मार्ट पार्किङका लागि ह्रिल्स ट्रलियस कम्पनी र महानगरबीच चार–चार महिनामा रकम भुक्तानी गर्ने सम्झौता भएको थियो। महानगरको लागि कम्पनीले काम गरेर राजश्व संकलन गर्न सजिलो भएको छ।

स्मार्ट पार्किङबाट संकलन भएको रकम २० प्रतिशत महानगर र ८० प्रतिशत ह्रिल्स ट्रलियास कम्पनीले लिने सम्झौता थियो। काठमाडौं नगरपालिकाले स्मार्ट पार्किङको लागि पाँच स्थान तोकेको छ। विशाल बजार, खिचापोखरी, धर्ममथ र पाकोमा स्मार्ट पार्किङको व्यवस्था गरिएको छ।

तीन स्थानमा दुईपांग्रे र दुई स्थानमा चारपांग्रे पार्किङको लागि छुट्याएको छ। दुईपांग्रे सवारी साधनको एक घन्टाको २५ रुपैयाँ र चारपांग्रे सवारीसाधनको ८० रुपैयाँ लिने गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.