|

चर्चित ब्याट्सम्यान एबी—डि—भिलियर्स आज आफ्नो ३६ औं जन्मदिन मनाइरहेका छन्। ‘एबी’ को नामबाट चर्चित साउथ अफ्रिकी यी ब्याट्सम्यानले दुई वर्षअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। तर आज पनि उनका ठूलो संख्यामा प्रशंसकहरू छन् जो उनलाई आधुनिक क्रिकेटको सुपरस्टार मान्दछन्।

फास्टेस्ट फिफ्टी र शतकको विश्व रेकर्ड

एबीको नाममा एकदिवसीय अन्तराष्ट्रियको फास्टेस्ट फिफ्टी र सबैभन्दा छिटो शतकको विश्व रेकर्ड रहेको छ। यो रेकर्डलाई अहिलेसम्म कसैले तोड्न सकेका छैनन्। उनले यो रेकर्ड वेस्ट इन्डिजविरुद्ध २०१५ मा जोहानेसवर्गमा बनाएका थिए। 

एबीले करियरमा २० हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाए। उनको नाममा एकदिवसीयमा २५ शतक, ५३ अर्धसतक दर्ता गरेका उनले ९ हजार बढी रन बनाए। टेस्ट क्रिकेटमा २२ शतक र ४६ अर्धसतक बनाएका उनले ८ हजार बढी रनको योगदान गरे। टी ट्वेन्टीमा १ हजार ६ सय रन बनाएका थिए।

वेस्टइन्डिजविरुद्ध खेल्दा
दक्षिण अफ्रिकाको भ्रमणमा रहेको वेस्ट इन्डिज टिमलाई श्रृँखलाको दोस्रो ओडीआईमा १४८ रनले हराउँदा कप्तानी सम्हालेका एबीले १ सय ४९ रन बनाएका थिए। पाहुना टोली वेस्ट इन्डिजका बलरहरु नराम्ररी चुटिएका त्यस खेलमा अफ्रिकी टीमले ५० ओभरमा २ विकेटमा ४३९ रनको विशाल स्कोर बनाएको थियो। जुन खेलमा एबीले एकमात्र रेकर्ड बनाएनन्।

वान्डरर्स स्टेडियममा इन्डिजको कप्तान जेसन होल्डरले टस जितेर दक्षिण अफ्रिकालाई ब्याटिङको निम्तो दिए। सानदार सुरुवात गरेको अफ्रिकी टीमका लागि हाशिम आमला र रिली रोसोले २४७ रनको साझेदारी गरे। रोसो पारीको ३९ औं ओभरको तेस्रो बलमा आउट भएपछि मैदान उत्रिएका थिए एबी।

एबीले मात्र १९ मिनेटमा १६ बलमा सबैभन्दा छिटो फिफ्टीको विश्व रेकर्डमा आफ्नो नाम लेखाए। उनले यसका लागि ३ चौका र ५ छक्का हानेर उनले बनाएको यो रेकर्ड आजपनि कायम छ। 

सोही खेलमा उनले मात्र ४० मिनेटमा ३१ बलमा विश्वकै सबैभन्दा छिटो शतकको अर्को रेकर्ड बनाए। ८ चौका र १० छक्काको मद्धतमा एबीले बनाएको सबैभन्दा छोटो समयमा शतक बनाउने खेलाडीको रेकर्डलाई अहिलेसम्म कसैले तोड्न सकेको छैन। यो रेकर्डको दोस्रो नम्बरमा न्यूजील्यान्डका कोरी एन्डरसन पर्दछन् जसले २०१४ मा ३६ बलमा शतक पूरा गरेका थिए।

‘मिस्टर ३६० डिग्री’ 

क्रिकेटको दुनियाँमा एबी ‘मिस्टर ३६० डिग्री’ को नाममले पनि चर्चित छन्। वेस्ट इन्डिजविरुद्धको खेलमा १६ छक्का हान्नुका साथै एकै पारीमा सर्वाधिक छक्का हान्ने रोहित शर्माको विश्व रेकर्डको बरावरी गरे। यद्धपी यो रकेर्ड इंग्ल्यान्डका दिग्गज इयान मोर्गनको नाममा रहेको छ जसले १७ छक्का हानेका थिए। दक्षिण अफ्रिकाका पूर्व ब्याट्सम्यान एबी डि भिलियर्स एकलौटी यस्ता ब्याट्सम्यान हुन जसले दुई पटक ३० औं ओभरपछि ब्याटिङ्ग गर्दै शतक पुरा गरे। 

सन् १९८४ फेब्रुअरी १७ मा दक्षिण अफ्रिकाको प्रेटोरिया राज्यको बेला—बेला लिम्पोपोमा जन्मिएका उनको पुरा नाम अब्राहम बेन्जामिन डी भिलियर्स हो। १५ बर्षको अन्तराष्ट्रिय करियरमा ३ पटक उनले आईसीसी ओडिआई प्लेयर अफ दी इयरको उपाधि चुमे।

सन् २००४ मा इग्ल्यान्डविरुटको टेस्ट म्याचबाट अन्तराष्ट्रिय डेब्यू गरेका उनको नाम २०१९ को अन्ततिर दशककै विस्डेन क्रिकेटरर्सका रुपमा समेत चित्रित गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.