|

काठमाडौं : जवरजस्ती करणी उद्योग मुद्दामा सफाइ पाएर रिहा भएपछि पूर्वसभामुख कृष्णबहादुर महरालाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन्। 
डिल्ली बजार कारागारबाट रिहा भएलगत्तै उनलाई दुवैजनाले नेता हिमाल शर्माको मोबाइलमा फोन गरेर बधाई दिएका हुन्। 

कारागार परिसर भित्रै बिदाइमा रहेका बेला महरालाई दुवै नेताको फोन आएको हो। फोनमा उनीहरुले अदालतबाट सफाइ पाएकोमा बधाई दिएका हुन्। महरासँग दुई नेताले गरेको अन्य कुराकानी खुलेको छैन।

जेलबाट छुटेका महरालाई प्रहरीले कडा सुरक्षाबीच उनको निवासतर्फ लगेको छ। उनले यो प्रकरणमा भोलि पत्रकार सम्मेलन गरेर बोल्ने जानकारी दिएका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.