|

भोजपुर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोजपुरको आमचोक गाउँपालिकाका असिष्टेन्ट सवइन्जिनियर बिष्णुकुमार राईलाई ५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

सब-इन्जिनियर राईले हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीको टोलीले सोमबार पक्राउ गरेको हो ।

अख्तियारका अनुसार सब-इन्जिनियर राईलाई सेवाग्राहीबाट पाँच हजार घुस लिइसकेको अवस्थामा आमचोक गाउँपालिका वडा नं. ७ हर्दिलाबाट नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.