|
फाइल तस्बिर

जनकपुरधाम : मट्टितेल खन्याएर बुहारीको ज्यान लिन खोज्दा प्रहरीद्वारा पक्राउ परेकी महिला (सासू) र यौनधन्दा चलाउने होटल संचालक अदालतको आदेशले पूर्पक्षका लागि कारागार चलान भएका छन्।

महोत्तरी बलबा नगरपालिका-१ घर भई हाल जनकपुरधाम ८ मा बस्दै आएकी राममरी देवी र लक्ष्मीनिया गाउँपालिका-४ स्थित अमर ज्योति होटल एण्ड गेष्ट हाउसका संचालक सुशिलकुमार मण्डललाई पूर्वपक्षका लागि जिल्ला अदालत धनुषाले कारागार चलान गरिएको छ।

रामपरीले माघ ९ मा आफ्नै ३० वर्षीया बुहारी सुधिरादेवी यादवलाई कुटपिट गरी शरीरमा मट्टितेल खन्याएर आगो लगाउने प्रयास गर्दा पक्राउ परेकी थिइन्। प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दा चलाएको छ।

यस्तै, होटल संचालक मण्डल भने युवतीलाई राखेर यौनधन्दा चलाउने काममा संलग्न रहेको अवस्थामा पक्राउ परेका थिए। मण्डलमाथि धनुषा प्रहरीले मानव बेचविखन तथा ओसारपोसार मुद्दा दर्ता गरेको छ।

अदालतको आदेशपछि रामपरी र मण्डललाई सिन्धुली कारागार पठाएको धनुषाका एसपी रमेश बस्नेतले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.