|

इलाम : तेस्रो सताक्षी गोल्डकपको सेमिफाइनल प्रवेशका लागि ए डिभिजन लिग विजेता मछिन्द्र क्लब र गोर्खा ब्बाइज रुपन्देही भिड्दै छन्। 

झापाको शिवसताक्षी नगरपालिकाको झिलझिलेस्थित गणेशमान सिंह अध्ययन प्रतिष्ठान रङ्गशालामा जारी प्रतियोगिताको बुधबारको खेलसँगै सेमिफाइनल भिड्ने टिम पक्का हुनेछ। मंगलबार भएको खेलमा दार्जिलिङको मानेभञ्ज्याङ एफसीलाई २–१ अन्तरले स्तब्ध पार्दै विभागीय टोली त्रिभुवन आर्मी सेमिफाइनल प्रवेश गरेको छ। आर्मीको जितमा दुवै गोल टेकबहादुर बुढाथोकीले गरे। 

मानेभञ्ज्याङका लागि रैकत बुअमले सान्त्वना गोल फर्काए। खेलको छैटौं मिनेटमा बुढाथोकीले आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो हाफको सुरुवातमै खेलमा फर्कदै मानेभञ्ज्याङले बराबरी गर्‍यो। ४७औ मिनेटमा बुअमको फ्रिकिक प्रहार सिधै जाली चुमेको थियो। थप समयको अन्तिम मिनेटमा बुढाथोकीले दोस्रो गोल गर्दै आर्मीको जित निश्चित बनाएका थिए। 

खेलको म्यान अफ दि आर्मीका सेसेहाङ आङ्देम्बे घोषित भए। उने १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख र उपविजेता तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.