|

धनकुटा : प्रजातन्त्र दिवसको अवसरमा धनकुटामा तीन दिनसम्म विशेष कार्यक्रमको आयोजना गरिएको छ। 

जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा मंगलबार धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण, बुधबार बिहान भीमनारयण चोकदेखि बीचबजार, परिचयमोड, चुवाको बोट, मदनचोक हुँदै त्रिवेणी माविसम्म प्रभात फेरी आयोजना गरिएको छ। 

त्यस्तै, बिहीबार महिला र पुरुष भिन्दाभिन्दै कर्मचारी र राजनीतिक दलबीच मैत्रीपूर्ण फुटबलको आयोजना हुने जिल्ला सम्न्वय समितिका प्रमुख टंक चुहानले बताए।

सर्वसाधारणको उपस्थिति शून्य

प्रजातन्त्रका लागि जीवन उत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदको स्मरण गर्दै दिवसमा बुधबार भएको प्रभातफेरीमा सर्वसाधारणको उल्लेख्य सहभागिता हुने आयोजकले बताएको थियो। तर, थोरै मात्र सहभागी भए। 

प्रभातफेरीमा कर्मचारी, प्रहरी, सशस्त्र प्रहरी, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि र विद्यार्थीको मात्रै सहभागिता रहेको थियो। प्रभातफेरीपछि त्रिवेणी माविमा भएको कार्यक्रममा केही कर्मचारी र सुरक्षाकर्मी मात्रै सहभागी भए। सर्वसाधारणको उपस्थिति नभएको पूर्वसांसद गोपाल गुरागार्इंले बताए। उनले देशमा प्रजातन्त्र आएको तल्लो तहका जनताले अनुभूति गर्न नसक्नु दुःखद भएको बताउँछन्।

प्रजातन्त्रको अनुभूति कसरी दिलाउने भन्ने कसैको ध्यान नगएकाले सर्वसाधरणको उपस्थिति शुन्य हुँदै गएको पत्रकार महासंघ धनकुटा अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ बताउँछन्। देशमा पछिल्लो समय बढ्दै गरेको राजनैतिक बेइमानीका कारणले पनि सर्वसाधारण यस्ता कार्यक्रममा सहभागी हुन छाडेका महासंघ अध्यक्ष श्रेष्ठको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.