|

डोल्पा : प्रजातन्त्र दिवसको अवसरमा जिल्ला कारागार डोल्पाका कैदीबन्दी र बिरामीलाई जुस र बिस्कुट वितरण गरिएको छ।

बुधवार बिहान सदरमुकाम दुनैमा पञ्चेबाजासहित निकालिएको प्रभातफेरी कार्यक्रमपछि कारागारका ३२ जना कैदीबन्दी र जिल्ला अस्पताल डोल्पाका पाँचजना बिरामीलाई जुस र बिस्कुट बितरण गरिएको हो।

कारागारका कैदीबन्दी र अस्पतालका बिरामीलाई पूर्वसांसद दुधकुमारी हमाल, जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढा, ठूलीभेरी नगरपालिका–३ का अध्यक्ष अर्णबहादुर न्यौपाने, प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकार, भौतिक पुर्वाधार बिकास कार्यालयका प्रमुख योगेन्द्र धरालालगायतका ब्यक्तित्वहरुले जुस र बिस्कुट वितरण गरेका थिए।

जुस वितरणका क्रममा पुगेकाहरुलाई कैदीबन्दीहरुले जीर्ण कारागारबाट मुक्त गराएर नयाँ भवन सार्नका लागि पहल गर्न अनुरोध गरेका छन्। ‘अहिले बसिरहेको भवन चिराचिरा परेको छ, डरले थुरथुर काप्दै रात कटाउनु परेको छ,’ एक कैदीले भने, ‘बरु जुस चाहिँदैन नयाँ भवनमा सार्न पहल गर्दिनुस्।’

पुरानो चर्केको भवनमा त्रासपूर्ण वातावरणमा रात काट्नु परिरहेको भन्दै उनले दुखेसो समेत गरे।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.