समाज

वाणिज्य संघका अध्यक्षका उम्मदेवारको गाडीमा आगजनी

फागुन ७, २०७६

    दाङ : बिजौरी उद्योग वाणिज्य संघका अध्यक्षका उम्मेदवारको गाडीमा आगजनी गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समर्थित वामपन्थी प्यानलको तर्फबाट अध्यक्षको उम्मेदवार प्रेमनाथ योगीको गाडीमा आगजनी गरिएको हो। 

    तुलसीपुर उपमहानगरपालिका-१९ हाडिमेस्थित अध्यक्षका उम्मेदवारकै घर अगाडी पार्किङ गरेर राखिएको गाडीमा अज्ञात समूहले मंगलबार राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए। 

    बा १९ च १७६४ नम्बरको स्कारपियो गाडीमा राति १२ बजेतिर आगजनी गरेका हुन्। आगजनी कसले गर्‍यो भन्‍ने बिषयमा पहिचान हुन सकेको छैन। आगजनीबाट गाडीको पछाडिको टायरमा क्षति भएको छ।

    डिजेलको प्रयोग गरेर आगजनी गरेको पाइएको छ। अज्ञात समूहले आगो लगाउँदै गर्दा जलिरहेको टायर पड्किएपछि योगीले थाहा पाएका थिए। 

    नेकपा तुलसीपुर नगरकमिटीले प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटना पराजित मानसिकता भएकाले गरेको भन्दै निन्दा गरेको छ। नगर अध्यक्ष खुशीराम चौधरी र सचिव माधव वलीले जारी गरेको विज्ञप्तीमा यस घटनामा दोषीलाई कारबाही माग गरिएको छ। 

    उद्योग वाणिज्य संघको निर्वाचन भोली बिहीबार हुन लागेको छ। निर्वाचमा नेपाली कांग्रेसनिटक प्रजातान्त्रिक प्यानल र स्वतन्त्र उम्मेरदवार चुनावी मैदानमा  छन्। यहाँ कूल ४६४ मतदाता छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]