|

काठमाडौं : चलचित्र ‘प्रेमगीत-३’ युके र युरोपका आठ देशका लागि पनि फिल्म बिक्री भएको छ। 

इनास चलचित्र प्रवर्द्धन समितिका ग्लोबल संयोजक मनिष श्रेष्ठले युके र युरोपका आठ देशका लागि २३ हजार पाँच सय युरोमा फिल्मको राइट्स खरिद गरेको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले जनाएका छन्।

मंगलबार फिल्मका निर्माता तथा निर्देशक सेन र मनिष श्रेष्ठबीच सम्झौता भएको हो। यसअघि उत्तर अमेरिका, क्यानडालगायत अफ्रिकी देशहरूका लागि ५० लाखमा चलचित्र सम्झौता भइसकेको छ।

‘आशुसेन फिल्मस्’को व्यानरमा बनेको प्रेमगीत-३ सेनको लगानी छ। प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई निर्माता सेन र लेखक छेतन गुरुङले संयुक्त रूपमा निर्देशन गरेका छन्। ८० दिनमा सुटिङ सकिएको यो चलचित्रको पोस्ट प्रोडक्सनको काम चलिरहेको छ। चैत २८ प्रदर्शनमा आउने चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठलगायतको अभिनय छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.