|

काभ्रे : काभ्रेको तेमाल गाउँपालिका-५ पोखरीनारायणस्थानको कुलकुटे सार्वजानिक जंगलमा पुरुषको कंकाल फेला परेको छ। बुधबार दिउँसो मानव कंकाल फेला परेको प्रहरीले जनाएको छ।

स्थानीयबासीबाट मानव कंकाल फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक गोविन्दप्रसाद  अधिकारी नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो।

थाहाखबरसँग भएको टेलिफोन कुराकानीमा निरीक्षक अधिकारीले मानव कंकाल भेटिएको स्थानमा पुगी आवश्यक मुचुल्का उठाएर फर्किदै गरेको बताए। मानव कंकालको परीक्षणका लागि कुन अस्पतालमा पठाउने भन्ने निर्णय भई नसकेको उनले जनाकारी दिए। त्यसबारे कार्यालय पुगिसकेपछि मात्रै निर्णय हुने निरीक्षक अधिकारीले बताए।

उक्त शवको प्रकृति हेर्दा पुरुषको जस्तो देखिएको प्रहरीले जनाएको छ। घटनाबारे आवश्यक अनुसन्धान कार्य अगाडि बढाइसकिएको प्रहरी निरीक्षक अधिकारीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.