दर्शनार्थीलाई स्वयंसेवकले नमस्कार गर्नुपर्ने

|

काठमाडौंः पशुपति क्षेत्रमा प्लाष्टिक प्रयोग गर्न नपाइने भएको छ। पूजा सामग्री, भोजन, पानी, चियालयात वितरण गर्दा धेरै प्लाष्टिकको प्रयोग हुँदा पशुपति क्षेत्र प्रदूषित भएको भन्‍दै शिवरात्रिबाट प्लास्टिकमा प्रतिबन्ध लगाइएको हो।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको पुर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा पशुपति क्षेत्रलाई सफा र सुन्द राख्‍नका लागि वातावरणीय दृष्टिकोणले प्रयोग गर्न नहुने प्लाष्टिक प्रतिबन्ध लगाउने निर्णय गरिएको पशुपति विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताए। उनका अनुसार शिवरात्रिमा कानुनद्वारा प्रतिबन्धित लागु पदार्थ सेवनमा रोक लगाइएको छ। गाँजा-भाङजस्ता नशालु पदार्थको बिक्रीवितरणमा पनि रोक लगाइएको हो।

स्वयंसेवकलाई सभ्य भाषा, नम्र व्यवहार एवं सुसंस्कृत व्यवहार गर्न लगाइने ढकालले बताए। उनले भने, 'स्वयंसेवकले लाइनमा बसेका भक्तजनलाई नमस्कार गरिदिनु हुन अनुरोध गर्दछु। नमस्कार हाम्रो आफ्नो मौलिक संस्कार हो।' आफ्नो सभ्यता र संस्कृति आफैँले जोगाउनु पर्ने उनको धारणा छ।

शिवरात्रिको दिन स्थानीय नागरिकलाई परिचय खुल्ने वडा कार्यालयको सिफारिस र परिचयपत्रको आधारमा आवताजावत गर्न दिने उनले बताए।

दर्शनार्थीको सुरक्षाको लागि नेपाल प्रहरीको अगुवाइमा सशस्त प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गर्ने उनले जानकारी दिए। सादा पोशाकमा समेत प्रहरी परिचालन गरी उनको भनाइ थियो। नेपाल स्काउटका समेत गरेर पाँच हजार स्वयंसेवक परिचालन गरिने उनले प्रष्ट पारे।

दर्शनार्थीको स्वास्थ्यको परीक्षणको लागि नेपाली सेनाको मूल स्वास्थ शिविर राखिने उनले बताए। '३३ वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्ने भएको छ,' उनले भने, 'दर्शनार्थीको सेवाको लागि एम्बुलेन्स र दमकल स्टेन्डबाइ राखिन्छ।'

साधुसन्तलाई चिसोबाट बचाउनका लागि धुनी बाल्ने व्यवस्था मिलाइएको छ। निःशुल्क भोजन, चिया, पानी र बसोबासको व्यवस्था मिलाइएको छ। सदाको वर्ष झै यस वर्ष पनि साधुसन्तलाई बाटो खर्च दिएर बिदाइ गरिने उनको भनाइ छ।

पशुपतिनाथको मन्दिर परिसर र कोर क्षेत्रमा विशेष किसिमका बत्तीले सजावट गरिने भएको छ। नेपाल र भारतका ख्यातीप्राप्त कलाकारद्वारा धार्मिक गतिविधिसहित भक्तिसंगीतको प्रस्तुति रहने ढकाले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.