विद्यालयका हस्तलिखित चिठी मान्य नहुने

|

रौतहट : रौतहटको चन्द्रपुर नगरक्षेत्रका विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले नगरक्षेत्र भित्रका ३४ वटा आधारभूत तहका विद्यालयमा कम्प्युटर, प्रिन्टर हस्तान्तरण गरेको छ।

समयको माग र बदलिँदो परिस्थितिअनुसार विद्यालय चल्नु पर्ने धारणा राख्दै चन्द्रपुर नगरपालिकाले नगरभित्रका ३४ वटा आधारभूत तहका विद्यालयलाई कम्प्युटर, र प्रिन्टर हस्तान्तरण गरेको हो। आधारभूत तहका प्रत्येक विद्यालयलाई कम्प्युटर, र प्रिन्टर सहयोगस्वरूप दिइएको हो।

हस्तान्तरण समारोहमा नगरप्रमुख रामचन्द्र चौधरीले कम्प्युटर र प्रिन्टरको सही सदुपयोग गर्न आग्रह गरेका छन्। नगर प्रमुख चौधरीले कम्प्युरको प्रयोग गर्न सकेको खण्डमा सरकारको नीति र योजना समेत ईन्टरनेटको मार्फत जानकारी हुन सक्ने बताएका थिए। सोही कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सिग्देल विद्यालयलाई आधुनिकतातर्फ लैजाने नगरपालिकाको सोचबमोजिम कम्प्युटर र प्रिन्टर सहयोग गरिएको बताए।

प्रमुख प्रशासकीय अधिकृत सिग्देलले विद्यालयले अबदेखि हस्तलिखित चिठीपत्र ल्याए नगरपालिकालाई मान्य नहुनेसमेत बताए। नगरपालिकाले अब हरेक विद्यालयमा कम्प्युटर र पिन्टर पठाइसकेको हुनाले अबदेखि हस्तलिखित चिठी लिएर नगरपालिकामा नआउनसमेत सिग्देलले आग्रह गरे।

हस्तलिखित प्रयोग नगर्ने नीतिअनुरूप सो सामग्री बितरण कार्यक्रममा नगर क्षेत्रका ३४ वटै विद्यालयका प्राध्यानाध्यापक र शिक्षकको उपस्थिति रहेको थियो। कम्प्युटर नै नभएको विद्यालयमा अबदेखि काम गर्न सहज हुने शिक्षकको भनाइ छ। विद्यालयमा कम्प्युटर विषय भएता पनि कम्प्युटर नहुँदा शिक्षकले किताब मात्रै पढाउँदै आएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.