|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ११ सिद्धार्थ टोलस्थित प्रहरीले चेकजाँचका क्रममा दुईजना युवा लागुऔषधसहित पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ११ का २२ वर्षीय प्रशान्त राई र सोही नगरपालिका १२ गाइघाटका १८ वर्षीय रुपम लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले जानकारी दिए। उनीहरूको साथबाट फेनारगन १९ एम्पुल, डाइजेल्याप १७ एम्पुल, नोफिन १५  एम्पुल र लेबल बिनाको ३ एम्पुल गरी जम्मा ५४ एम्पुल लागुऔषधसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

उनीहरूको जिल्ला  प्रहरी कार्यालय उदयपुरको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै जिल्लाकै त्रियुगा नगरपालिका ११ संगम टोल बस्ने १८ वर्षीय राउल श्रेष्ठ पिपल चोकबाट २० ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई पनि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.