|

काठमाडौं : नेपालमा मानवअधिकार उल्लंघन र ज्यादतीका घटनामा वृद्धि भइरहेको एक तथ्यांकले देखाएको छ।

बुधबार अनौपचारिक सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको प्रतिवेदनले सन् २०१८ भन्दा सन् २०१९ मा मानवअधिकार उल्लंघन र ज्याजतीका घटना बढेको देखिएको हो। सन् २०१८ मा ५ हजार १ सय १० जना पीडित भएकोमा सन् २०१९ मा यो संख्या १ हजार ५ सय ३२ ले बढेर ६ हजार ६ सय ४२ पुगेको छ।

मानव अधिकार अल्लङ्घनका घटनामा ६८ महिला र ८ सय ६२ पुरुष गरी ९ सय ३० जना पीडित रहेका छन् भने ५ हजार ५८ महिला र ६ सय ५४ पुरुष गरी ५ हजार ७ सय १२ ज्यादतीका घटनाबाट पीडित भएको इन्सेकले जनाएको छ।

नेपाल मानव अधिकार पुस्तक अधिकार वर्ष पुस्तकको विमोचन कार्यक्रममा इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले यो वर्ष गोली लागेर भोजपुरमा २, सप्तरीमा १, सर्लाहीमा २, रुपन्देहीमा १ र कपिलवस्तुमा १ गरी सातजनाको मृत्यु भएको बताए।

यातनाका घटनाबाट १३ जना पीडित भएका छन्। गिरफ्तारीका घटनामा ७ सय २, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा संगठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ जना पीडित भएका छैन।

त्यस्तै, कुटपिटका घटनामा २ सय ७९ जना पीडित भएको इन्सेकले जनाएको छ। त्यसैगरी, ८ जना विस्थापनका घटना र २ जना बेपत्ता पारिएको घटनामा पीडित भएका छन्।

सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा ३ हजार ३ सय ६३ जना पीडित भएका छन्। घरेलु हिंसामा २ हजार ७९ र बलात्कार घटनाबाट ५ सय ३० जना पीडित भएको तथ्यांक इन्सेकले सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.