|

बाँके : नेपालगन्जमा १८ देखि २२ फागुनसम्म प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिता हुने भएको छ। छैठौं संस्करणको प्रतियोगितामा सार्क राष्ट्रका शीर्ष क्लवलाई आमन्त्रण गरिएको छ। 

बुधबार बाँके जिल्ला भलिबल संघले आयोजना गर्न लागेको प्रतियोगितामा नेपालसँगै भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लवका खेलाडी सहभागी हुने मूल आयोजक समितिका संयोजक एवं प्रदेश सांसद कृष्णा केसीले बताइन्।

प्रतियोगितामा प्रथम हुने टिमले दुईलाख, उपविजेतालाई एकलाख र तृतीय हुने टिमलाई ५० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरिएको छ। नेपाल-भारतका क्लवले मात्र सहभागिता जनाउँदै आएको प्रतियोगितालाई दक्षिण एसियाकै एक नम्बर बनाउने लक्ष्य लिएको संघका अध्यक्ष टिएस ठकुरीले बताए। उनले अघिल्ला वर्षको भन्दा बढी टिम सहभागी बनाउने पहल भइरहेको पनि बताए।

‘हरेक वर्ष प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा सहभागी टिमको संख्या बढ्दै गएको छ,’ उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.