संचारमाध्यमप्रति फेरि आक्रोशित बने प्रधानमन्त्री

|

काठमाडौं : केही दिनदेखि निरन्तर सञ्चारमाध्यमप्रति आक्रोश व्यक्त गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि सञ्चारमाध्यममा सरकार बनाउने र परिवर्तन गर्ने कुरा छापिन सुरु भएको बताएका छन्।

निर्वाचन आयोग नेपालको चौँथो निर्वाचन दिवसका अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले सरकार बनाउने र सरकार परिवर्तन गर्ने सबै कुरा सञ्चर माध्यममा छ्यापछ्याप्ती आइरहेको बताए। जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल, षडयन्त्र र टिक्डमबाट फेर्ने कुरा दिनदिनै अखबारमा छापिने गरेको उनको आरोप छ।

‘जनताको अभिमतबाट होइन। जालझेल, षडयन्त्र र तिक्डमबाट सरकार फेर्ने दिनै पिच्छे अखबारमा छापिएको छापिए। अस्तिका दिन मैले हेर्‍या थे तीन दिन अगाडि जति, अब त अविश्वासको प्रस्ताव राख्न पाइन्छ भनेर खुसीयाली मनाइराख्या। अख्थिरता ल्याउन पाइन्छ भनेर खुसीयाली मनाइराख्या। अस्थिरता ल्याउने ढोका खुल्यो भनेर खुसीयाली मनाइराख्या। जनतमतको कुरा होइन जालझेलको, टिक्डमको बाटो हिँड्न पाइन्छ भनेर खुसीयाली मनाइराख्या,' ओलीले भने।

उनले लोकतन्त्र जनताको अभिमतको प्रकटीकरणको प्रणाली भएको स्पष्ट पारे। उनले जनताको अभिमत स्वच्छ ढंगले प्रकट हुने र त्यस अभिमतलाई अस्वीकार गर्ने लोकतान्त्रिक पद्धति नहुने बताए। ‘लोकतन्त्र जालझेल, टिक्डमको प्रणाली होइन। लोकतनत्त जनताको अभिमतको प्रकटीकरणको प्रणाली हो। जनताको अभिमत स्वच्छ ढंगले प्रकट हुने र त्यस अभिमतलाई अस्वीकार गर्ने लोकतान्त्रीक पद्धति हुँदैन्। जनताको अभिमत स्वीकार गर्नुपर्छ अनि मात्रै लोकतन्त्र भन्ने हुन्छ' उनले भनिन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्र दिवसका अवसरमा बुधबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्ति प्रति पनि व्यंग्य गरेका छन्। केही मानिसहरुले भविष्यका कुरा नगर, भविष्यका कुरा गरेर जनताको मनोबल नउठाउ भनेर अर्ती उपदेश दिएको भन्दै प्रधानमन्त्री अ‍लीले व्यंग्य गरे।  

‘केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ती उपदेश के दिन खोजेको हो कुन्नी यसो सुनिन्छ। भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्र भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगतिर हेर भन्या सुन्छु। यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचनको प्रकटीकरण हो' उनले भने।

पूर्वजहरूको गौरबलाई सधै सम्मान गर्ने उल्ले गर्दै ओलीले पूर्वजहरूका पौरख र उपलब्धिहरूको सम्मान गर्ने बताए। ओलीले विगतका नकारात्मक कुराहरू पनि आफूले नबिर्षेको बताए। दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकटीकरण भएका काला दिनहरू पनि सम्झिरहेको उल्लेख गर्दै ओलीले हाम्रो स्मरण शक्ति कमजोर छ भनेर नसोच्न आग्रह गरे।

प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त अधिकारलाई सुदृढ र विस्तृत गर्दै ती अधिकारहरूको सफलतापूर्वक कार्यान्वयनको काम सरकार अघि बढेको बताए। देशमा सुशासन र विकासको बाटोमा सरकारअघि बढेको र यहि बाटोबाट सरकारले समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय आकांक्षा सफलतापूर्वक अगाडि बढाउने बताए।

आयोगको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रतिनिधिसभा सभामुख अग्निप्रसाद सापकोटा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्षलगायतको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.