|

काठमाडौं : विराटनगर निवासी समाजसेवी एवम् मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीका पिता बद्रीप्रसादले एक करोड रुपैयाँ सहयोग गरेका छन्। उनले यो सहयोग मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालय भवन निमार्णका लागि दिने घोषणा गरेका हुन्।

भवन निर्माणका लागि जग्गा छुट्टाइएकाले सहयोग रकम क्रमश: जम्मा गर्दै जाने उनले बताए। भवन निर्माण सुरु हुनासाथ सबै रकम शान्ति समाजको खातामा जम्मा भइसक्ने जानकारी पहाडीले दिए।

मानव अधिकार तथा शान्ति समाजले सहयोगका लागि पहाडीप्रति आधार व्यक्त गरेको छ। पहाडी परिवारले सेवामुखी विभिन्न संघ संस्था र निकायलाई यस वर्ष १ करोड ३२ लाख रुपैयाँ र पौने दुई करोडको जग्गा दिइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.