|

काठमाडौं : पश्चिमी न्युनचापिय वायुका कारण आज पनि देशका केही स्थानमा वर्षा र हिमपात हुने संभावना छ। 

अहिले मध्य, पुर्व र पश्चिम पहाडका अधिकाशं स्थानको मौसम बदली भएको छ। हिजोदेखि देशका केहि भागमा प्रभाव देखिन शुरु गरेको पश्चिमी न्युन चापिय बायु विकसीत भएर अहिले देशका धेरैजसो स्थानमा असर देखिएको जल तथा मौसम विज्ञान विभागको मौमस पुर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाकी मौसमवीद् शान्ति कँडेलकाअनुसार दिउँसो मध्य, पुर्व र पश्चिमका अधिकाशं स्थानमा हल्का वर्षा हुनेछ। 

काठमार्डौं उपत्यकामा पनि बेलुकीपख हल्का पानी पर्न सक्ने उनको भनाइ छ। हिमाली तथा उच्च पहाडी भेगमा हिमपात हुने महाशाखाले जनाएको छ ।  महाशाखाकाअनुसार पश्चिमी वायुको असर भोलिसम्म रहनेछ। तराई क्षेत्रमा भने यसको असर देखिँदैन। 

काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान १० डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर १९ देखि २१ डिग्री सेल्सियस सम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.