|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललले मन्त्रालयका विभिन्न महत्वपूर्ण महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर गरेका छन्।

मन्त्री ढकाललले मन्त्रालयको महत्‍वपूर्ण मानिने पद स्वास्थ्य सेवा विभागको महानिर्देशकमा  हालका प्रवक्ता महेन्द्र श्रेष्ठलाई निमित्त महानिर्देश लगेका छन्। भने उनको हालको अन्तराष्ट्रिय समन्वयनमहाशाखामा डा विकास देवकोटालाई सरुवा गरेका छन् भने हाल डा देवकोटा रहेको नीति, योजना तथा अनुगमन महाशाखामा  डा गुणराज लोहोनीलाई जिम्मेवारी दिएका छन्।

टेकु अस्पतालको निर्देशकमा डा सागरराज भण्डारी  नियुक्त गरेका छन्। भने हालका टेकुका निर्देश डा बासुदेव पाण्डेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा सरुवा गरेका छन्।

राष्ट्रिय ट्रमाको मेसुमा डा पौडेल यस्तै मन्त्री ढकालले राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेनमा डा सन्तोष पौडेलललाई नियुक्त गरेका छन्। भने कान्तिबाल अस्पतालको निर्देशकमा डा कृष्ण पौडेललाई नियुक्त गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.