|

  • अनिल खत्री

गुल्मी : फाइबर तारमा समस्या आएपछि गुल्मीमा ल्याण्डलाइन फोन र एडिएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ। सोमबार बिहानदेखि फोनमा समस्या आउँदा सदरमुकाम तम्घासमा रहेका ल्याण्डलाइन फोन र एडिएसएलका प्रयोगकर्ता समस्यामा परेका छन्। जसका कारण बैंक तथा वित्तिय संस्था तथा सञ्चारमाध्यमहरु बढी नै प्रभावित भएका छन्।

अर्घाखाँचीको किमडाँडा भन्ने स्थानमा फाइबरमा समस्या आएपछि फोन र नेट अवरुद्ध भएको नेपाल टेलिकम गुल्मीका निमित्त प्रमुख शंकर सुवेदीले जानकारी दिए। त्यसको मर्मतका लागि प्राविधिक टोली किमडाँडातर्फ लागेको सुवेदीले बताए।

गुल्मीमा ल्याण्डलाइन फोनका झण्डै एघार सय र एडिएसएलमा ४ सय प्रयोगकर्ता छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.