|

काठमाडौं  : गायिका स्मिता दाहाल र गायक सरोज ओलीको स्वरमा रहेको नयाँ गीत ‘कमेरोले पोतेको दुई तलाको घर’ सार्वजनिक भएको छ। गज्जबको टिभी युट्युबमार्फत बुधबार सार्वजनिक गीतमा स्वर दिएकी स्मिता नेकपा अध्यक्ष पुष्पकमल दाहालकी नातिनी हुन्।

गीतलाई प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले लेखेका छन्। गीतमा कार्टुन क्रुका कलाकार सरोज अधिकारी र आश्मा विश्वकर्मा तथा चर्चित युट्युबर जिवेश गुरुङको अभियन रहेको छ। थपलियाको शब्द रहेको यसअघिको ‘माछीले खाने खोली लेऊ’ सहित कयौँ गीत चर्चित छन्। त्यस गीतमा  पनि कार्टुन क्रुकै अभिनय थियो।

‘कमेरोले पोतेको दुई तलाको घर’ गीतमा दीपक शर्माको संगीत छ। एरेन्जमा उदयराज पौडेल, मिक्सिङ श्याम स्वोयत रसाइलीको छ। नवराज उप्रेतीले छायांकन गरेको गीतको सम्पादन अमन मानन्धरले गरेका हुन्। 

रंग संयोजक रेनिश फागो र कोरियोग्राफर विक्रम सुनार हुन्। गीतलाई गायक सरोज ओलीले निर्देशन गरेका छन्। सुटिङ कोर्डिनेटर बालकृष्ण ओली रहेको गीतलाई शुभ मिडिया होमले निर्माण गरेको हो।

गीतको भिडियोको सुटिङ झापाको धुलाबारी, मागुरमाडीमा परम्परागत घर निर्माण गरि अत्याधुनिक प्रविधिसहित गरिएको निर्देशक ओलीले बताए। 

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.