|

बर्दिया : दादुरा रुवेला खोप अभियान बर्दियामा सुरु भएको छ । पहिलो चरणमा ६ स्थानीयमा अभियान सुरु भएको हो।

नेपाल भर फागुन १ देखि दादुरा रुवेला खोप अभियान सञ्चालन भए पनि बर्दियामा भने फागुन ७ बुधबारदेखि सुरु भएको बर्दियाका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले जानकारी दिए। बर्दियामा पहिलो चरणमा ३८० खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने छ।

यस वर्ष ठाकुरबाबा नगरपालिकाका ५० स्थानमा स्थानमा पोलियो थोपा खुवाउने तथा दादुरा रुवेला खोप लगाइने ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखा संयोजक इन्द्रबहादुर राजवंशीले बताए।

बर्दियामा पहिलो चरणमा ठाकुरबाबा नगरपालिका, बाँसगढी नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका, गुलरिया नगरपालिका, बढैयाताल गाउँपालिकामा खोप लगाइने छ। गेरुवा गाउँपालिका र राजापुर नगरपालिकामा फागुन २० देखि दोस्रो चरणमा खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए।

बर्दियामा कुल ४८ हजार २२७ मध्ये पहिलो चरणमा ३८ हजार ५६७ जनालाई पोलियो थोपा र कुल  ४० हजार ६०३ मध्ये ३२ हजार ६३८ जनालाई दादुरा रुवेला खोप लगाइने चौधरीले बताए। खोप केन्द्र बिहान १० बजेदेखि ४ बजेसम्म खुल्नेछ। खोप अभियान सफल बनाउन बर्दियाका आठवटै स्थानिय तहले सहयोग गरिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.