काठमाडौं : सुनको भाउ तोलाको ७८ हजार नाघेको छ। निरन्तर महंगिएको सुनको भाउ आज तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यो अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि हिजो छापावाल सुन ७७ हजार ६ सय रुपैयाँ तोलामा कारोबार भएको थियो।
साताको पहिलो दिन आइतबार ७६ हजार ५ सय रुपैयाँ रहेको सुन आज अन्तिम दिनसम्म आइपुग्दा १६ सय रुपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढेकाले नेपालमा पनि निरन्तर मूल्य बढिरहेको महासंघले जनाएको छ। आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज पनि चाँदी तोलाको ९ सय सय १५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।