उत्पादक भन्छन् : ६ महिनालाई पुग्‍ने कच्चा पदार्थ स्टक छ

|

काठमाडौं : चीनको उवान प्रान्तमा देखिएको कोरोना भाइरसको असर नेपाली औषधि उद्योगमा देखिन थालेको छ।

कोरोना भाइरसका कारण चीनमा उत्पादन हुने औषधिको कच्चा पदार्थ उत्पादन नहुँदा र भएको उत्पादन पनि ल्याउन नसक्दा त्यसको असर नेपाली औषधि उत्पादनमा देखिन थालेको हो।

चीनमा देखिएको कोरना भाइरसका कारण नेपालले चीन र भारतबाट आयात गर्ने औषधिको कच्चा पदार्थको मूल्य दोब्बर बढेको औषधि उत्पादनकर्ताहरूले बताएका छन्। कोरोनाकै असरले कच्चा पदार्थ आयतसमेत कम आएको नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीले बताए। 

चीन र भारतबाट आउने कच्चा पदार्थमा ६० देखि सय प्रतिशतसम्म मूल्यवृद्धि भइरहेको उनले बताए। उनले भने, ‘हामीले  सबैभन्दा धेरै भारत र चीनबाट औषधिको कच्चा पदार्थ ल्याउछौँ। अहिले कोरोना भाइरसको कारण चीनमा रहेका कच्चा पदार्थ उत्दन गर्ने कम्पनीहरू बन्द हुँदा त्यसको असर हामीकहाँ देखिन थालेको छ।‘

नेपाली औषधि उद्योगले भारतबाट ६० र चीनबाट २० देखि ३० प्रतिशत कच्चा पदार्थ आयात गर्दै आएको बताइन्छ। नेपाल कच्चा पदार्थका लागि भारतसँग बढी निर्भर रहे पनि भारतसहित अन्य राष्ट्र चीनसँग ६५ प्रतिशत रहेको बताइन्छ।

यस्तै, संघका महासचिव अधिकारीले हाल ६ महिनालाई पुग्‍ने औषधिको कच्चा पदार्थ नेपाली बजारमा रहेकाले दुई महिनासम्म नेपाली औषधि उत्पादनमा असर नपर्नेसमेत बताए। हाल नेपालमा माग हुने ४५ प्रतिशत औषधि नेपालि उद्योगले धानेको बताइन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.