|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुमबाट खोरङ्वाखोला जलविद्युत आयोजनाको उद्घाटन गरेका छन्।

शनिबार प्रधानमन्त्री ओलीले तेह्रथुममा निर्माण भएको माथिल्लो खोरङ्वाखोला साना जलविद्युत् आयोजनाको उद्घाटन गरेका हुन्। उक्त जलविद्युत आयोजना तेह्रथुममा सात दशमलब पाँच मेगावाटको छ। 

उद्घाटन कार्यक्रममा ऊर्जामन्त्री वर्षमान पुन पनि सहभागी थिए। ऊर्जामन्त्री पुन आयोजनास्थल तेह्रथुम जाने कार्यक्रम रहेको भए पनि मौसम खराबीको कारणले जान नसकेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.